वीरगञ्ज । पर्सा जिल्लामा यस वर्ष धान रोपाइँको क्षेत्रफल बढे पनि किराको प्रकोप र बेमौसमी वर्षाका कारण अपेक्षितरुपमा उत्पादन हुन नसक्दा किसान निरास बनेका छन् ।
गत वर्षको तुलनामा यस वर्षभन्दा करिब ८० हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ भए पनि बालीमा दाना पलाउने बेला देखिएको किराको प्रकोप र बेमौसमी वर्षाले पुर्याएको नोक्सानीका कारण अपेक्षित उत्पादन हुन नसक्दा किसान निरास भएका हुन् । पर्सा जिल्लामा विशेषगरी चैते, अगहनी, भदैयालगायत प्रजातिका धान रोप्ने गरिन्छ । यस वर्ष बेमैसमी वर्षा र किराको प्रकोपका कारण धान उत्पादनमा कमी आउँदा किसान निरास भएको नेपाल किसान सङ्घ पर्साका अध्यक्ष असर्फी शाह बताउनुहुन्छ ।
असार महिनाको सुरुदेखि नै मौसमले साथ दिएका कारण यस वर्ष धानको बाली अत्यन्त राम्रो देखिएको र उत्पादन पनि गत वर्षभन्दा धेरै राम्रो हुने अपेक्षा गरिए पनि मङ्सिर महिनाको सुरुमा आएको बेमौसमी वर्षा, हावाहुरी र खैरो फड्के किराको प्रकोपका कारण अपेक्षित उत्पादन हुन नसकेको कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।
गत वर्ष ४७ हजार ५० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदा प्रतिहेक्टर ४.८५ मेट्रिकटनको औसतले दुई लाख २८ हजार ५६० मेट्रिकटन उत्पादन भएको थियो । त्यसको तुलनामा यस वर्ष ४७ हजार १३० हेक्टर क्षेत्रफलमा भएको रोपाइँबाट प्रतिहेक्टर ४.९४ मेट्रिकटन औसतले दुई लाख ३३ हजार १३५ मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र पर्साका अधिकृत श्यामकिशोर प्रसाद कुर्मीले जानकारी दिनुभयो ।
उहाँले गत वर्ष पर्सामा ३५ हजार हेक्टर अगहनी, तीन हजार ५०० हेक्टर चैते र आठ हजार ५५० हेक्टर भदैया रोपिएको थियो । यस वर्ष अगहनी ३५ हजार २० हेक्टर, चैते ३ हजार ५५० हेक्टर र भदैया आठ हजार ५६० हेक्टर भएको उहाँले बताउनुभयो । गत वर्ष प्रतिहेक्टर ४.७५ मेट्रिकटनको औसतले एक लाख ६६ हजार २५० मेट्रिकटन अगहनी, ५.१ मेट्रिकटन प्रतिहेक्टरको औसतले १७ हजार ८५० मेट्रिकटन चैते र ५.२ मेट्रिकटन प्रतिहेक्टरको औसतले ४४ हजार ४६० मेट्रिकटन भदैया धानको उत्पादन भएको अधिकृत कुर्मीले जानकारी दिनुभयो ।
उहाँले यस वर्ष असार महिनाको सुरुदेखि आकासे पानी परेका कारण धानको बिरुवा राम्ररी पलाएको र उत्पादन पनि राम्रो हुने किसानले आसा गरे पनि मङ्सिर महिनाको सुरुमा आएको बेमौसमी वर्षा, हावाहुरी र किराको प्रकोपका कारण अपेक्षित उत्पादन हुन नसकेको बताउनुभयो । ४.८ मेट्रिकटन प्रतिहेक्टरका दरले एक लाख ६८ हजार ९६ मेट्रिकटन अगहनी, ५.२ मेट्रिकटन प्रतिहेक्टरको औसतले १८ हजार ८१५ मेट्रिकटन चैते र ५.४ मेट्रिकटन प्रतिहेक्टरको औसतले ४६ हजार २२४ मेट्रिकटन भदैया धान उत्पादन भएको कृषि ज्ञानकेन्द्र पर्साले जनाएको छ ।
किसानलाई आवश्यक मल, उन्नत जातको बीउ र सिँचाइ सुविधा सरकारले समयमा उपलब्ध गराए खाद्यान्नमाथि हाल देखिएको परनिर्भरतालाई विस्तारै घटाउन जान सकिने विश्वास कृषि कार्यालयका अधिकृतको छ । पर्सा जिल्लामा रहेको ५४ हजार ७३२ हेक्टर खेतीयोग्य जग्गामध्ये २९ हजार ८३१ हेक्टर मात्र सिञ्चित क्षेत्र रहेको छ ।-रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्