Skip to content
LAXMI SUNRISE BANK

देश बोल्ने फोटो कथा : चिसोमा पालमुनि रात काट्न बाध्य पहिरोपीडित, सुन्तलाको व्यापार गर्दै बागलुङका व्यापारी !

अर्थ सरोकार

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोटमा पहिरोपीडितहरु चिसो मौसममा टेन्टभित्र रात बिताउन बाध्य भएकोदेखि बागलुङको गलकोटमा जारी खेलकुद तथा सांस्कृतिक महोत्सवमा सुन्तलाको व्यापार गरिरहेका व्यापारीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको हुप्सेकोटमा पहिरोपीडितका लागि बनाइएका टेन्ट । चिसो मौसममा पीडित परिवार टेन्टभित्र रात बिताउन बाध्य रहेका छन् ।

बागलुङको गलकोटमा जारी खेलकुद तथा सांस्कृतिक महोत्सवमा बिक्रीका लागि राखिएका सुन्तला । महोत्सवमा कृषि उपजको प्रदर्शनी कक्षसमेत छ ।

तनहुँको व्यास नगरपालिका–११ तनहुँसुरस्थित सूर्योदय प्राथमिक विद्यालयमा अध्ययनरत चेपाङ बालबालिका । न्यानो कपडाको अभावमा उनीहरु जाडोमा काम्दै विद्यालय आउने गरेका छन् ।

जापानमा दश वर्ष काम गरेर फर्किएर ब्यावसायिक बाख्रापालन शुरु गरेका म्याग्दीको मङ्गला गाउँपालिका–२ तल्लो डडुवाका कृष्ण पौडेल ।

कुहिरो र हुस्सुका बीच शुक्लाफाँटा नगरपालिका-१० झलारी बजारका विद्यार्थी विद्यालय जाँदै । कञ्चनपुरमा अत्यधिक चिसो बढेसँगै यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

धनगढी उपमहानगरपालिका–३ को बडहरास्थित मोहना नदीमाथि निर्माण गरिएको काठेपुल ।

बागलुङको जैमिनी नगरपालिकाका किसानले व्यावसायिक रुपमा गरेको बङ्गुरपालन । मासु र पाठापाठीको माग बढेपछि बङ्गुरपालनप्रति आकर्षण बढ्दो छ ।

तनहुँको शुक्लागण्डकी भिमाद सडकखण्ड विस्तारका क्रममा दोभानमा रोकिएका सवारीसाधनको लामबद्ध । उक्त सडकखण्ड फराकिलोसहित स्तरोन्नतिका काम भइरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK