×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : हिउँले तिन्जे डोल्पा जाने बाटो अवरुद्ध, जीर्ण झोलुङ्गे पुल तर्दै बाग्लुङका महिला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : हिउँले तिन्जे डोल्पा जाने बाटो अवरुद्ध, जीर्ण झोलुङ्गे पुल तर्दै बाग्लुङका महिला

Artha Sarokar

१९ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले हिउँले तिन्जे डोल्पा जाने बाटो अवरुद्धदेखी जीर्ण झोलुङ्गे पुल तर्दै बाग्लुङका महिलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

डोल्पोबुद्ध गाउँपालिकाको तिन्जे डोल्पा जाने बाटो हिउँले अवरुद्ध । हिमपात भएपछि यहाँका पशुपालक किसानलाई बढी समस्या भएको छ ।

बागलुङको गलकोट नगरपालिका-२ नरेठाँटीको तोरीखोलामा रहेको जीर्ण झोलुङ्गे पुल तर्दै स्थानीय महिला । पुलको मर्मत सुधार नहुँदा यात्रामा जोखिम बढेको छ ।

विस्तारका क्रममा रहेको जोरपाटी-गोकर्ण-सुन्द रीजल सडकको नयाँपाटी खण्डमा थुपारेको दुई साता बितिसक्दासमेत नबिच्छ्याइएको ग्राभेल । थुपारेको ग्राभेल नबिच्छ्याउँदा सवारी जाम र दुर्घटनाको जोखिम बढेको छ ।

विश्व सम्मपदाको सूचीमा सूचीकृत पर्यटकीयस्थल लुम्बिनीको केन्द्रीय नहरमा बोटमा सयर गर्दै आन्तरिक पर्यटक ।

केही दिनअघिको हिमपातले हिउँको पशुको चित्र बनाएर रमाउँदै बालक ।

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी