काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले उखु काट्दै कञ्चनपुरका किसानदेखि सडकमा नाली निर्माण गर्दै म्याग्दीका मजदुरसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
शुक्लाफाँटा नगरपालिका –२, रानीपुरका किसान उखु काट्दै । चिनी मिल सञ्चालनमा आएपछि कञ्चनपुरमा व्यावसायिक उखुखेती गर्ने किसानको सङ्ख्या बढ्न थालेको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मौवाफाँटस्थित सडकमा नाली निर्माण गर्दै मजदुर । नेपाल बिद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेर निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले बिद्युतगृहदेखि बाँध जोड्ने सडक स्तरोन्नति गरिरहेको छ ।

वन्यजन्तुबाट बाली जोगाउन कावासोतीको साँढमा राखिएको मानव आकृतिजस्तो देखिने बुख्याचा । रातिको समयमा बन्यजन्तुले बाली नखाउन भनेर यस क्षेत्रका स्थानीयले खेतबारीमा बुख्याचा राख्ने गरेका छन् ।

ल्होसार पर्वको अन्तिम दिन बुधबार आफ्नै पुरानो साँकृति पहिरमा सजिएका लामा समुदायका महिला ।

मौसमका कारण बिहीबार समयमै आन्तरिक विमान नउडेपछि यात्रु विमानस्थलको प्रतीक्षालयमा उडानका लागि विमान कुर्दै ।

पुसको कठ्ङग्रिदो जाडोमा घोराही बजारको मुख्य सडक छेउमा ठेलामा बदाम भुट्दै व्यापारी । भुटेको बदाम दैनिक रु दुई÷ तीन हजारको बिक्री हुने उहाँ बताउनुहुन्छ । दाङमा बदाम प्रति किलो रु २८० मा बिक्री हुने गरेको छ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्