×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : जाडो बढेसँगै डसना बनाउँदै धनगढीका महिला, टाङ्गामा सवार गर्दै चितवनका आन्तरिक पर्यटक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : जाडो बढेसँगै डसना बनाउँदै धनगढीका महिला, टाङ्गामा सवार गर्दै चितवनका आन्तरिक पर्यटक

Artha Sarokar

२३ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले जाडो बढेसँगै डसना बनाउँदै धनगढीका महिलादेखि टाङ्गामा सवार गर्दै चितवनका आन्तरिक पर्यटकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

जाडो बढेसँगै धनगढीको मिलनचोकनजिकै शुक्रबार डसना बनाउँदै महिला ।

चितवनको सौराहामा टाङ्गामा सवार गर्दै आन्तरिक पर्यटक ।

सदरमुकामसमेत रहेको नारायण नगरपालिका दैलेखबाट देखिएका हिमशृङ्खला । दैलेख सदरमुकाम जाँदा सडकबाटै यी सुन्दर हिमालहरु देख्न सकिन्छ ।

डिभिजन वन कार्यालय तनहुँले कार्यालय परिसरमा बनाएको नर्सरी । कार्यालयले यसबर्ष एक लाख विरुवा उत्पादन गर्ने लक्ष्य लिएको छ ।

फोक्सुण्डो गाउँपालिका–३ साल्दाङ गाउँ हिउँले सेताम्य । उपल्लो डोल्पामा पर्ने यो गाउँ फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्रको रुपमा रहेको छ ।

तेह्रौँ चितवन महोत्सवका लागि मुख्य प्रवेशद्वारसँगै तयार पारिएको झरनासहितको प्राकृतिक उद्यान । उक्त उद्यानमा विभिन्न प्रजातिका फूलहरु राखिएका छन् भने झरनासँगैको पोखरीमा माछा तथा गङ्गटासमेत राख्ने तयारी गरिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी