काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।
आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले उखु काट्दै कञ्चनपुरका किसानदेखि सञ्चालनको पर्खाइमा गलकोटको बसपार्कसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।
हेरौं फोटो समाचार :
कञ्चनपुरको पुर्नबास नगरपालिका–२ अरनि बस्तीका किसान उखु काट्दै । गाउँमै दुई वटा चिनी उद्योग सञ्चालनमा आएपछि पुर्नबास, बेलौरी नगरपालिकाका साथै लालझाँडी र बेल्डाँडी गाउँपालिकाका किसान उखुखेतीतर्फ आक्रर्षित भएका छन् ।
बागलुङ नगरपालिका र नगर विकास कोषको साझेदारीमा नौ करोड खर्चेर ६ महिनाअघि तयार गरिएको बागलुङ बसपार्क । उपयुक्त सडकको निकास नहुँदा बसपार्क सञ्चालन हुनसकेको छैन ।
पोखरा महानगरपालिका–१७ डयामसाइडबाट देखिएको माछापुच्छ्रे हिमाल र फेवातालमा माछापुच्छ्रेको छाँया । मौसम खुलेकोे समयमा ड्यामसाइडबाट फेवातालमा माछापुच्छ्रेको छाँया प्रष्ट देखिन्छ ।
कैलालीको भजनी नगरपालिका वडा नं। ३ को हुलाकी राजमार्ग छेउको बारीमा फुलेको तोरी । सो क्षेत्रका तोरी बारीहरुमा अहिले मौरी चराउन आउने मौरी व्यवसायीहरुको संख्या बढेको छ ।
स्याउको विरुवा काटछाँट गर्दै जुम्लाको हिमा गाउँपालिका(२ का स्याउ किसान । यो समयमा स्याउका विरुवा काटछाँट गरे स्याउका विरुवाले राम्रो प्रतिफल दिने किसान बताउँछन् ।
वाकोटको सूर्यगढी–५ गणेशस्थानमा रहेको इट्टा उद्योग । बस्तीको बीचमा उद्योग सञ्चालनले कृषि उर्वर जग्गामा क्षति पुर्याउनुका साथै पर्यावरणलाई असर पुर्याएको स्थानीयबासीको गुनासो छ ।