×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : उखु चिनी मिल लैजाने तयारी गर्दै कञ्चनपुरका किसान, खोप लगाउन पालो कुर्दै तनहुँका सर्वसाधारण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : उखु चिनी मिल लैजाने तयारी गर्दै कञ्चनपुरका किसान, खोप लगाउन पालो कुर्दै तनहुँका सर्वसाधारण

Artha Sarokar

२६ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले उखु बेच्न चिनी मिल लैजाने तयारी गर्दै कञ्चनपुरका किसानदेखि खोप लगाउन पालो कुर्दै तनहुँका सर्वसाधारणसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

शुक्लाफाँटा नगरपालिका ३ का किसान खेतमा काटिएको उखु चिनी मिलमा बेच्नका लागि ट्र्याक्टरमा राखेर लैजाने तयारी गर्दै ।


तनहुँको व्यास नगरपालिका–४ स्थित सिमलटार स्वास्थ्य केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउन पालो कुर्दै सर्वसाधारण । व्यास नगरपालिकाले पुस २९ गतेसम्म २० हजार नागरिकलाई कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउँदैछ ।

हिन्दुहरूको धार्मिकस्थल पशुपति क्षेत्रमा चिया बेच्न हिँडेका युवक ।

झापाको विभिन्न बगानबाट उत्पादित नरिवल बिक्रीका लागि काठमाडौँ लैजाँदै । यहाँबाट ठूलो परिणाममा काठमाडौँलगायत पश्चिमी बजारमा हरियो नरिवल निर्यात हुँदैआएको व्यापारीले बताएका छन् ।

कोरोनाको सङ्क्रमित बढ्न थालेपछि महोत्तरी जिल्लाको मुख्य भन्सार नाका भिट्ठामोडमा मास्क बेच्दै बालक ।

भत्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका नलिङचोक आसपास क्षेत्रमा खेतीयोग्य जमिनमा इँट्टा बनाउँदै ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी