×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : सडक छेउमा तरकारी बिक्री गर्दै घोराहीका महिला, कास्कीमा हिमाल अवलोकन गर्दै पर्यटक

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ४ माघ २०७८, मंगलवार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : सडक छेउमा तरकारी बिक्री गर्दै घोराहीका महिला, कास्कीमा हिमाल अवलोकन गर्दै पर्यटक

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले सडक छेउमा तरकारी बिक्री गदैं घोराहीका महिलादेखि कास्कीमा हिमाल अवलोकन गर्दै पर्यटकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

घोराही – १५, शहीद नेत्रलालचोकको सडक छेउमा तरकारी बिक्री गर्दै महिला । उनीहरू सडकमै तरकारी बिक्री गरेर दैनिकी चलाउने गरेका छ्न् ।

कास्कीको मादी गाउँपालिका वडा नं २ स्थित पर्यटकीयस्थल करापुडाँडाबाट हिमाल अवलोकन गर्दै आन्तरिक पर्यटक ।

सिन्धुपाल्चोकको मेलम्ची –११ स्थित टारमा किसानले गरेको आलुखेती । यस भेगमा मुख्य अन्नबालीको रुपमा आलु रहेको छ ।

महोत्तरी जिल्लाको जलेश्वरको हटियामा गाउँबाट बेच्नका लागि ल्याइएको खरायो।

म्याग्दीको बेनी नगरपालिका वडा नं १ रत्नेचौरको फाँटमा फुलेको तोरीबाली ।

पृथ्वीराजमार्ग अन्तर्गत व्यास नगरपालिकाको चापघाट देखि थर्पु सडक खण्डमा काटिएका रुखहरु । राजमार्ग फराकिलो बनाउने प्रक्रिया अघि बढेसँगै रुखहरु कटान गरिएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: