×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटोकथा : ब्रोकाउलीबाट मनग्य आम्दानी गर्दै कञ्चनपुरका किसान, तरकारीखेतीका लागि टनेल निर्माण गर्दै पाल्पाका कृषक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटोकथा : ब्रोकाउलीबाट मनग्य आम्दानी गर्दै कञ्चनपुरका किसान, तरकारीखेतीका लागि टनेल निर्माण गर्दै पाल्पाका कृषक

Artha Sarokar

५ माघ २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले ब्रोकाउली खेतीबाट मनग्य आम्दानी गर्दै कञ्चनपुरका किसानदेखि तरकारीखेतीका लागि टनेल निर्माण गर्दै पाल्पाका कृषकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

शुक्लाफाँटा नगरपालिका– ८, बेलडाँडीका किसान बारीमा रोपेको ब्रोकाउलीखेती । ब्रोकाउली खेतीबाट किसानले मनग्य आम्दानी गर्दै आएका छन् ।

टनेलभित्र तरकारीखेती लगाउन टनेल निर्माण गर्दै पाल्पा रामपुरका कृषक ।

दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको शाहीलेकमा सवारी जाँच गर्दै ट्राफिक प्रहरी । सवारी दुर्घटना बढेको भन्दै यहाँ सवारी जाँचमा कडाइ गरिएको छ ।

तनहुँको भानु नगरपालिका–९ पुर्कोटका कृषक आलु गोड्दै । यहाँका कृषक व्यावसायिक आलुखेतीतर्फ आकर्षित भएका छन् ।

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–१ मा अवस्थित मौलाकालिका मन्दिर । ऐतिहासिक महत्व बोकेको मन्दिर पछिल्लो समय यस क्षेत्रको धार्मिक पर्यटकीय केन्द्रको रुपमा विकास हुँदै गएको छ ।

कृषकलाई च्याउखेती गर्ने प्रबिधि सिकाउँदै रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेय ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी