×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : चिसो बढेसँगै दाउराको जोहो गर्दै कैलालीका महिला, पटुकी बुन्दै नुवाकोटकी महिला

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ६ माघ २०७८, बिहीबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : चिसो बढेसँगै दाउराको जोहो गर्दै कैलालीका महिला, पटुकी बुन्दै नुवाकोटकी महिला

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले चिसो बढेसँगै दाउराको जोहो गर्दै कैलालीका महिलादेखि पटुकी बुन्दै नुवाकोटकी महिलासम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

लगातारको शीतलहरका कारण चिसो बढेसँगै कैलालीको खोटेना भुराखानी सामुदायिक वनबाट दाउरा बनाउन मुढा घर ल्याउँदै महिला । हिउँदको समयमा खाना पकाउन तथा आगो ताप्नका लागि स्थानीयवासीले दाउराको जोहो गर्दै आएका छन् ।


नुवाकोटको विदुर नगरपालिका–१ सिमुटारस्थित विस्थापित बस्तीमा बसोबास गर्दै आउनुभएका दावाकार्तो तामाङ खदी (पटुकी) बुन्दै । रसुवा हाकु निवासी उहाँसहित त्यस क्षेत्रका ११० परिवार विसं २०७२ वैशाख १२ को भूकम्पले विस्थापित भएसँगै नुवाकोट आउनुभएको हो ।

भोजपुरको टेम्केमैयुङ गाउँपालिका-४ लुङ्गिनमा स्थानीय रामकुमार राईले आफ्नो घरमा परम्परात डुढमा गरेको मौरीपालन ।

काभ्रे धुलिखेल अस्पतालको शाखाको रुपमा तनहुँको घिरिङ गाउँपालिका-१ पुट्टारमा निर्माण गर्न लागिएको पुट्टार स्वास्थ्य चौकी भवन निर्माणका लागि डोजरको सहायताले खन्दै । दश करोडको लागतमा पच्चीस बेड क्षमताको उक्त अस्पताल ८० रोपनी जग्गामा निर्माण गर्न लागिएको हो ।

कृष्णपुर नगरपालिका-१ भेटघाटफाँटामा बिहीबार बिहान वन अतिक्रमण हटाउँदै सामुदायिक वनका पदाधिकारी र डिभिजन वन कार्यालय कञ्चनपुरका कर्मचारी ।

भैरहवादेखि विराटनगरसम्मका औद्योगिक क्षेत्रमा दिगो र पर्याप्त बिजुली पुर्याउने लक्ष्यसहित बिस्तार गरिएको हेटौँडा-भरतपुर-बर्दघाट खण्डको २२० केभी डबल सर्किट प्रसारणलाइन । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को पहाडी क्षेत्र हुँदै बिस्तार गरिएको यस प्रसारणलाइनको काम अन्तिम चरणमा पुगेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: