×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : ठेकी संकलन गर्दै बैतडीका व्यापारी, सरस्वतीको मूर्ति निर्माण गर्दै राजविराजका कालिगढ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : ठेकी संकलन गर्दै बैतडीका व्यापारी, सरस्वतीको मूर्ति निर्माण गर्दै राजविराजका कालिगढ

Artha Sarokar

९ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले पुरानो ठेकी सङ्कलन गर्दै बैतडीका व्यापारीदेखि माटोबाट सरस्वतीको मूर्ति निर्माण गर्दै राजविराजका कालिगढसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

बैतडीको पाटनबाट सङ्कलन गरेका पुराना ठेकी लैजाँदै गरेका एक व्यापारी । पुराना ठेकी मर्मत गरी पुनः बेच्ने गरेका छन् ।

सरस्वती पूजाको अवसरमा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं १ स्थित भारदह बजारमा कालिगढले निर्माण गर्दै माटोको कलात्मक मूर्ति ।

जुम्लाको तिला गाउँपालिका– ७ का स्थानीयवासीले पालेका बाख्रा वनमा चराउन लाँदै बालबालिका । कोरोनाले विद्यालय बन्द भएपछि यहाँका बालबालिका घरायासी काममा व्यस्था भएका छन् ।

कञ्चनपुरको झलारी बजारमा सर्प देखाएर पैसा माग्दै गरेका महिला । बञ्जारा जातिका महिला बजारमा सर्प देखाएर आउने पैसाले परिवारको खर्च चलाउने गरेका छन् ।

समुन्द्र सतहदेखि तीन हजार पाच सय मिटर उचाइमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ अवस्थित घुन्सा बस्तीमा हिमपात ।

दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १७ विजौरीमा गरिएको ड्रागण फ्रुटको हेरचाह गर्दै पूर्व पर्यटनमन्त्री लोकेन्द्र विष्ट मगर । मगरसहित तीनजनाले सोही क्षेत्रमा ड्रागण फ्रुट खेती गर्नुभएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी