×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : हिमपातले हुम्लाको जनजीवन प्रभावित, सडक बनाउँदै महोत्तरीका मजदूर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : हिमपातले हुम्लाको जनजीवन प्रभावित, सडक बनाउँदै महोत्तरीका मजदूर

Artha Sarokar

१० माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले हिमपातले हुम्लाको जनजीवन प्रभावितदेखि सडक बनाउँदै महोत्तरीका मजदूरसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

हुम्लामा आइतबार साँझदेखि निरन्तर हिमपात । हिमपातले जनजीवन प्रभावित भएको छ भने हिउँले हुम्ला सेताम्य देखिएको छ ।

महोत्तरीको सदरमुकाम जलेश्वर नगरपालिकाको वडा नं २ स्थित मिना बजार नजिकै सडक बनाउँदै मजदूर ।

कागेश्वरी मनोहरा नगरपालिकाको केन्द्र थलीमा केही दिनअघि परेको पानीले हिलाम्य बनेको सडक । नगरपालिकाको केन्द्र भएर प्रत्येक वर्ष बजेट छुट्याइने सडकमासमेत घाम लागेका बेला धुलाम्य र पानी परेका बेला हिलाम्य हुने गरेको छ ।

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको सुन्तला बगैँचा । बाँसखर्कका कृषकले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरधामको मुजेलियामा निर्माण भइरहेको मधेस सहीद गेट (प्रवेशद्वार) को निर्माण कार्य अन्तिम चरण पुगेको छ । ढल्केवर–जनकपुर राजमार्गको छ लेन सडकको मुजेलियामा धनुष आकारमा निर्माण हुन लागेको मधेश सहीद गेट ।

हुम्लाका नागरिक विरामी हुँदा अझैसम्म स्टेचरमा उपचारका लागि जिल्ला अस्पतालमा पुर्याउने गर्दछन् । हिमपातको समयमा पनि गाउँबाट उपचारका लागि विरामी सिमकोट लगिँदै ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी