×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : बदाम बिक्री गर्दै देउखुरीका महिला, सुन्तला टिप्दै बाँसखर्कका कृषक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : बदाम बिक्री गर्दै देउखुरीका महिला, सुन्तला टिप्दै बाँसखर्कका कृषक

Artha Sarokar

११ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले बदाम बिक्री गर्दै देउखुरीका महिलादेखी सुन्तला टिप्दै बाँसखर्कका कृषकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार:

आफ्नो दैनिकी चलाउन घोराहीको तुलसीपुरचोक नजिकै सडक छेउमा बदाम र मकैको व्यापार गर्न उपभोक्ताको प्रतिक्षामा बसेका महिला ।

म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका-१ बाँसखर्कका कृषक सुन्तला टिप्दै । बाँसखर्कका कृषकलाई सुन्तला बजार पठाउने चटारो छ ।

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-९, सुकेटारका किसानले जोहो गरेर थाक्रामा राखेको मकै ।

दमक -१० का किसानले बारीमा लगाएको तोरीबाली । पछिल्लो समय तेलहनका लागि तोरीखेती गर्ने क्रम जिल्लामा बढ्दो छ ।

कोरोना भाइरस सङ्क्रमणको तेश्रो लहर आएसँगै सूर्यविनायक नगरपालिकाले आफ्ना नगरवासीका साथै अन्य नागरिकको उपचारका लागि सञ्चालनमा ल्याउन लागेको २५ शय्याको सूर्यविनायक नगर अस्पताल ।

बागलुङ नगरपालिका-६ धार्मिक पर्यटकीय क्षेत्र पञ्चकोटमा चढाइएको भेटी गन्दै स्थानीय पूजारी ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी