×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : टनेलामा गोलभेँडा खेती गर्दै कञ्चनपुरका किसान, कोभिडविरुद्ध खोप लगाउँदै जाजरकोटका नागरिक

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ माघ २०७८, बुधबार

PRIME CA
laxmi sunrise bank

देश बोल्ने फोटो कथा : टनेलामा गोलभेँडा खेती गर्दै कञ्चनपुरका किसान, कोभिडविरुद्ध खोप लगाउँदै जाजरकोटका नागरिक

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले टनेलामा गोलभेँडा खेती गर्दै कञ्चनपुरका किसानदेखी कोभिडविरुद्ध खोप लगाउँदै जाजरकोटका नागरिकसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० झलारीका व्यावसायिक खेतीमा संलग्न किसान रामसिंह चौधरीले प्लाष्टिक टनेलामा उत्पादन गरेको गोलभेँडा । गोलभेँडा बेचेर मात्रै चौधरीले वार्षिक रुपमा रु दुई लाख बढी आम्दानी लिँदै आउनुभएको छ ।


जाजरकोट स्वास्थ्य सेवा कार्यालयमा कोभिडविरुद्ध खोप लगाउन आएका नागरिक ।


भक्तपुरको दुवाकोटाबाट आज बिहान देखिएको सूर्यको ताप नै मलिनो हुनेगरी इँट्टाभट्टाबाट निस्केको धूवाँको मुस्लो । इँट्टाभट्टाले यस क्षेत्रको वातावरणलाई प्रदूषित तुल्याइको छ ।

महोत्तरीको सदरमुकाम जलेश्वरको मीना बजारमा साग बेच्दै महिला व्यापारी । यहाँको बजारमा दैनिक दुई क्विन्टलभन्दा बढी सागको बिक्री हुने गर्दछ ।

जुम्लाको तिला गाउँपालिका – ३ स्थित कुडारीमा निर्माणाधीन अस्पताल भवन । दस शैयाको उक्त अस्पताल भवन तिला गाउँपालिकाले निर्माण गरेको हो ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशको निर्वाचन केही बेरमा सुरु हुँदैछ । मतदाता मतदानस्थलमा मतदाता आउनेक्रम चलेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: