×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

देश बोल्ने फोटो कथा : हिमपातमा रमाउँदै बैतडीका आन्तरिक पर्यटक, डडुवा रोगले मान्ममा आलुबाली नष्ट

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले हिमपातमा रमाउँदै बैतडीका आन्तरिक पर्यटकदेखी डडुवा रोगले मान्ममा आलुबाली नष्टसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :

बैतडीको मुस्याचौर क्षेत्रमा भएको हिमपातमा रमाउँदै आन्तरिक पर्यटक ।

कालीकोटको खाँडाचक्र नगरपालिका–११ स्थित बरातुका किसानले लगाएको आलुबालीमा लागेको डडुवा रोग । डडुवा रोग लागेर आलुबाली नष्ट हुन थालेपछि किसान चिन्तित छन् ।

परेवासँग रमाउँदै घोराही– १६ का भोला श्रेष्ठ । रहर लागेर घरमा पाल्नु भएकोे हास, बट्टाई, कुखुरा, परेवा र लौकाट अहिले प्रशस्त भएका छन् ।

शुक्लाफाँटा नगरपालिका– ८, नौखरीका परम्परागत पहिरनमा थारु युवती । परम्परागत पहिरनमा युवतीको आकर्षण रहेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको नवनिर्मित भवन उद्घाटन समारोहमा पन्थी डेरीका सञ्चालक रेशम पन्थीलाई कदरपत्रले सम्मान गर्दै नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री ।

पाँचथरको फिदिम बजारस्थित शनिबारेमा रहेको राष्ट्रिय विभूति किरात महागुरु फाल्गुनन्द लिङदेनको प्रतिमा ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: