×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देश बोल्ने फोटो कथा : तोरी निकाल्दै कञ्चनपुरका किसान, हाट बजारमा तरकारी बेच्दै जनकपुरका स्थानीय व्यापारी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

देश बोल्ने फोटो कथा : तोरी निकाल्दै कञ्चनपुरका किसान, हाट बजारमा तरकारी बेच्दै जनकपुरका स्थानीय व्यापारी

Artha Sarokar

१६ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । देशभर विभिन्न घटना घट्छन् । केहि सामान्य समाचारका विषय हुन्छन्, केहि समाचारले असामान्य कम्पन पैदा गरिदिन्छन् । केहि तस्विर फगत तस्विरमात्र हुन्छन् भने केहि तस्विरले देश बोल्दछन् । हामी हरेक दिन सातै प्रदेशका त्यस्ता तस्विरहरुलाई प्रकाशन गर्छौँ, जसले देश र जनताको आर्थिक स्थिति प्रतिनिधित्व गर्छ । समसामयिक विषयमा राज्यलाई खबरदारी गर्छ र जनताको जीवन बोल्छ ।

आज कुन-कुन ठाउँमा के-के भयो ? यी दृश्यहरु आफैं बोलिरहेछन् । आजको अंकमा हामीले तोरी निकाल्दै कञ्चनपुरका किसानदेखी हाट बजारमा तरकारी बेच्दै जनकपुरका स्थानीय व्यापारीसम्मका तस्विरलाई फोटोमा समेटेका छौं ।

हेरौं फोटो समाचार :
शुक्लाफाँटा नगरपालिका– ३ पिपलाडीका किसान खेतवारीमा लगाएको तोरी निकाल्दै । बेमौसमी वर्षाका कारण यस वर्ष तोरीको उत्पादन घट्ने अनुमान गरिएको छ ।
जनकपुरधामको रेल–वे स्टेसन आसपास हाटबजारमा बिहानै तरकारी बेच्दै स्थानीय तरकारी व्यापारी ।
म्याग्दी जिल्लाको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा रहेको तोरीमा रमाउँदै आन्तरिक पर्यटक । अहिले उक्त स्थान भाइरल तोरीबारीका रुपमा प्रचलित भएको छ ।
जनकपुरको मेनरोडमा आइतबार बिहान चिसो बढेसँगै आगो ताप्दै स्थानीय व्यापारी ।
झापाको कमल गाउँपालिका–६, सोनापुरका किसानले व्यावसायिक रुपमा गरेको केराखेती ।
म्याग्दीको मङ्गला गाउँपालिका–३ भोर्लेनीका कृषक सुन्तला बजार पठाउन ग्रेडिङ गर्दै । २० घरधुरीको बसोबास रहेको भोर्लेनीबाट यसपालि रु २१ लाख मूल्य बराबरको तीस हजार किलोग्राम सुन्तला निकासी भएको छ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी