काठमाडौँ । सरकारले जनकपुर–जयनगर रूटमा चलाउन भारतसँग खरिद् गरेको नेपाली ध्वजावाहक रेल त्रिपाल ओढाएर राखिएको करिब १५ महिनामा बल्ल सञ्चालनमा ल्याउने तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतको जयनगरदेखि धनुषाको कुर्थासम्मको ३४ किलोमिटर रेल सेवा सञ्चालनको अन्तिम तयारी भएको बताएको हो । मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाएको छ । सरकारले गत बर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरीद गरेको दुई वटा रेल गत वर्षको असोजदेखि धनुषाको इनर्वा स्टेशनमा त्रिपालले ढाकेर राखिएको छ ।
लामो समयसम्म ट्र्याकमा त्रिपाल ओढाएर राखिएको भन्दै तीब्र आलोचना भइरहे पनि सरकार भने रेल खरिद् गरेको करिब १५ महिनामा बल्ल सञ्चालनको अन्तिम तयारीमा जुटेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेनुकुमारी यादवले तत्काल रेल सञ्चालनमा ल्याउने गरी सम्पूर्ण तयारी भइसकेको बताउदैं प्रधानमन्त्री देउवाको भारत भ्रमण क्रममा दुई देशका प्रधानमन्त्री बीचको छलफलपछि उद्घाटनको मिति तय हुने जानकारी दिनुभयो ।
प्रधानमन्त्री देउवाले यही पुस २५ देखि २७ सम्म भारत भ्रमण गर्ने तयारी भएको छ । यद्यपी, प्रधानमन्त्री देउवाको भारत भ्रमणको मिति र कार्यक्रम भने सार्वजनिक भइसेकेको छैन । यता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव ई. रविन्द्र नाथ श्रेष्ठले पनि जनकपुर–जयनगर रूटमा रेल सञ्चालनको सबै तयारी पुरा भएको जानकारी दिदैं भारत सरकारको तर्फबाट उद्घाटनको मितिको प्रतिक्षामा रहेको बताउनुभयो । उहाँले रेल सञ्चालनको लागि हाल दैनिक रुपमा ट्रयाक परिक्षण भइरहेको पनि बताउनुभयो ।
यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सचिव ई. श्रेष्ठले केही नदीमा आन्तरिक जल मार्ग विकासको लागि काम भएरहेको पनि जानकारी दिनुभएको छ । उहाँले चालु आर्थिक बर्षभित्रै कर्णाली, कालिगण्डकी, कोशी, नारायणी र त्रिशुली नदीमा चालु आर्थिक बर्षभित्रै जल मार्ग सञ्चालनको लागि सम्भाव्यताअध्ययन गरी यात्रा गर्नका लागि प्रयास गरि रहेका बताउनुभयो । उहाँले जल यातायात नियमन गर्न ऐन कानुनहरु अगाडी बढाएको पनि बताउनुभयो ।
सचिव ई. श्रेष्ठले नेपाल अन्तर्राष्ट्रिय समुद्री संगठनको सदस्य राष्ट्र भएको बताउदैं त्यसका धेरै सन्धीहरुको अध्ययन गर्न मन्त्रालयले समिति गठन गरेको पनि जानकारी दिनुभयो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्