×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युवा व्यवसायी कार्कीले बागबजारमा सुट्माला सञ्चालनमा ल्याउँदै, सेवाग्राहीहरुलाई यस्ता सुविधाहरु दिईने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

युवा व्यवसायी कार्कीले बागबजारमा सुट्माला सञ्चालनमा ल्याउँदै, सेवाग्राहीहरुलाई यस्ता सुविधाहरु दिईने

Artha Sarokar

१६ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नरदेवीस्थित श्रीराज कलेक्सन सञ्चालन गरिरहेका युवा व्यवसायी राज कार्कीले बागबजारमा पनि सर्टिङ सुटिङ सेवाका लागि दोस्रो ब्राञ्च सञ्चालनमा ल्याउने भएका छन् । कार्कीले माघ १७ गते सोमबारदेखि सर्टिङ सुटिङ सेवाका लागि बागबजारको केएमसी कलेज अगाडी ‘सुट्माला’ सञ्चालनमा ल्याउन लागेका हुन् ।
उनले युवाहरुको आवश्यकतालाई मध्येनजर गर्दै विभिन्न डिजाइनका आधुनिक सुट्सँग सम्बन्धित सबै सुविधाहरु उपलब्ध गराउनुका साथै नेपाली उत्पादनहरुलाई पनि विशेष प्राथमिकता दिईने बताए । साथै नेपाली उत्पादन अन्र्तगत अल्लोका उत्पादनलाई जोड दिईने पनि उनको भनाई छ । यसबाहेक इटालियन, इन्डियन ब्राण्डका लुगाहरु सुटमालाले उपलब्ध गराउने छ ।
युवा व्यवसायी कार्कीले सर्टिङ सुटिङमा मात्रै एक दशक लामो अनुभव बटुलेका छन् । सुट्मालामा अनलाइनबाट पनि अर्डर गर्न सकिने बताउँदै उनले अर्डरका आधारमा काठमाडौँ उपत्यकाभित्र होम डेलिभरी सुविधा पनि सुट्मालाले प्रदान गर्नेछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी