×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १० करोड ४८ लाख रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १० करोड ४८ लाख रुपैयाँ लगानी गर्दै राष्ट्र बैंक

Artha Sarokar

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा १० करोड ४८ लाख रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको सो रकम २०७८ फागुन २ गतेदेखि २०७९ फागुन १ गतेसम्म बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्ने भएको हो ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा ८ करोड ३९ लाख रुपैयाँ, विकास बैंकमा १ करोड ५७ रुपैयाँ, वित्त कम्पनीहरुमा ५२ लाख रुपैयाँ लगानी गर्न लागेको हो । मुद्दति निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले माघ १८ गते राती १२ बजेसम्म आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाए पेश गर्नुपर्नेछ ।
आवेदन दिनका लागि बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको २ वर्ष हुनुपर्ने, निष्कृर्य कर्जा कुल कर्जा सापटको ५% भन्दा कम भएको हुनुपर्नेलगायत राष्ट्र बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी