काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको नवौं वार्षिक साधारणसभा पनि भोलि सोमबार हुने भएको छ । सभा रसुवागढी हाइड्रोपावरको सभाहल महाराजगञ्ज, काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको हो । यो वर्ष पनि कम्पनीले लाभांश वितरण एजेन्डा बिना सभा बोलाएको छ ।
यसपटक पनि लगानीकर्ताको हात रित्तै हुने भएको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरेको छ । पुस ११ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।
आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि राखिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्