×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसुवागढी हाइड्रोपावर कम्पनीको साधारणसभा हुने स्थान परिवर्तन, अब कहाँ हुन्छ ?

LAXMI SUNRISE BANK

रसुवागढी हाइड्रोपावर कम्पनीको साधारणसभा हुने स्थान परिवर्तन, अब कहाँ हुन्छ ?

२३ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको साधारणसभा हुने स्थान परिवर्तन भएको छ । कम्पनीका अनुसार अब सभा पुस २६ गते स्मार्ट क्याफे, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे हुनेछ ।
यसअघि सभा कम्पनीको रजिष्टर्ड कार्यालय, महाराजगञ्ज काठमाडौंमा हुने भनिएको थियो । यो वर्ष पनि कम्पनीले लाभांश वितरण एजेन्डा बिना सभा डाकेको छ । यस्तै सभामा आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७८–७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । पुस ११ गतेसम्म कायम सेयरधनी सभामा भाग लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी