महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका–४ मा सडक कालोपत्रका लागि ठेक्का भएको दुई वर्ष बिते पनि काम अगाडि बढ्न सकेको छैन । इलाका प्रहरी कार्यालय हुँदै दक्षिण असैनातर्फ जाने सडक कालोपत्रका लागि आव ०७६/७७ मा रु ५३ लाखमा राखी कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता भएको थियो ।
सम्झौता भएको एक वर्षभित्रै एक किलोमिटर सडक कालोपत्र गरिसक्ने गरी सम्झौता भए पनि निर्माण कम्पनीले निर्माण अगाडि नबढाएको नगरपालिका–४ का वडाध्यक्ष ज्ञानबहादुर बिष्टले जानकारी दिनुभयो । “नगरपालिका कार्यालयबाट सम्झौता बमोजिमको निर्माण पूरा गर्नका लागि ताकेता गरिँदै आएको छ,” उहाँले भन्नुभयो, “अझैसम्म निर्माण कार्य अगाडि बढाइएको छैन ।”
निर्माण कम्पनीले दिएको निवेदनअनुसार निर्माण अगाडि बढाउनका लागि गत कात्तिक १६ गते बसेको नगर कार्यपालिकको ११६औँ बैठकले बैंक ग्यारेन्टीको म्याद थप गर्दा समेत कार्य अगाडि नबढाइएको उहाँको भनाइ छ ।
निर्माण कम्पनीको लापरबाहीका कारण निर्माणले गति लिन नसकेको उहाँले बताउनुभयो । “निर्माण व्यवसायीले कोरोना र वर्षाका कारणा देखाउँदै निर्माणमा ढिलासुस्ती गर्दै आएको हो,” उहाँले भन्नुभयो, “फोन गरे निर्माण व्यवसायीले चाँडै निर्माण कार्य सुरु हुन्छ भन्छन् । दुई वर्ष बिते पनि कार्य सुरु हुन सकेको छैन ।”
निर्माणको जिम्मा पाएको राखी कन्सट्रक्सनका सञ्चालक चन्द्रसिंह कार्कीले बजेटका अभावले निर्माणमा विलम्ब भए पनि चालू आवमा नगरपालिकाले बजेट विनियोजन गरेकाले चाँडै कालोपत्र सुरु गर्ने जानकारी दिनुभयो । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्