×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एक करोड ६३ लाख मूल्य बराबरको सामान बरामद, कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइयो !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

एक करोड ६३ लाख मूल्य बराबरको सामान बरामद, कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइयो !

Artha Sarokar

१३ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

वीरगञ्ज । राजस्व छलेर भारतबाट भित्र्याइएको एक करोड ६३ लाख बराबरको सामान लोड गरिएको एउटा ट्रकलाई पर्सा प्रहरीको टोलीले नियन्त्रणमा लिएको छ ।

बिल बिजकभन्दा बढी खुद्रा मालबस्तु लोड गरी वीरगञ्जबाट बुटवलतर्फ लग्दै गरेको अवस्थामा वीरगञ्ज महानगरपालिका–८ भारतीय राजदूतावास चोक अगाडीको सडकखण्डबाट प्रहरीले ना ४ ख ८३३४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको थियो ।

सो क्रममा प्रहरीले ट्रक चालकलाईसमेत नियन्त्रणमा लिएको छ । चालकसहित ट्रकलाई आवश्यक कारवाहीका लागि बुधबार राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी