काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले १० हजार ५०० कित्ता सेयर बिक्री गर्ने भएको छ । बैंकका १ जना संस्थापक सेयरधनीले १० हजार ५०० कित्ता सेयर बिक्री गर्ने भएका हुन् । बैंकका संस्थापक सेयरधनी कुमार मल्लले आफ्नो नाममा रहेको संस्थापक सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् ।
यस निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ । यसमा सुरुमा बैंककै संस्थापक सेयरधनीले आवेदन दिन पाउनेछन् भने आज (पुस २० गते) बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालयमा बालुवाटार काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।