काठमाडौं । सानिमा बैंकको खुद नाफा १.३४% ले बढेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा १.३४% ले बढेर १ अर्ब ७ करोड ७० लाख ६८ हजार रुपैयाँ पुगेको जनाएको हो । यसअवधिमा खुद ब्याज आम्दानी ९.३४% ले बढेको छ ।
यस्तै सञ्चालन नाफा ०.३४% ले घटेको बैंकले जनाएको छ । बैंकको दोस्रो त्रैमाससम्म वितरणयोग्य नाफा ५७ करोड ८२ लाख ४३ हजार रुपैयाँ छ भने चुक्ता पूँजी ११ अर्ब नाघेको छ ।
रिजर्भ कोषमा ३ अर्ब ९५ करोड रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी ३ रुपैयाँ ५ पैसाले घटेर १८ रुपैयाँ ९७ पैसा कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ २ पैसा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्