काठमाडौं । सयपत्री हाइड्रोपावरको पाँचौं वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ । कम्पनीको सभा रजिष्टर्ड कार्यालय चावहिल काठमाडौंमा दिउँसो १ बजे हुने भएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान सम्बन्धी प्रस्ताव पेस गर्दैछ । यस्तै आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्ति गर्ने एजेन्डा पनि रहेको छ ।
यता सो कम्पनीले स्थानीय र सर्वसाधारणको लागि ९ करोड रुपैयाँ बराबरको आइपीओ ल्याउन धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ । कम्पनीले १०० रुपैयाँ दरको ९ लाख कित्ता आइपीओ बिक्री गर्न अनुमति मागेको हो । कम्पनीले पहिलो चरणमा बागलुङ जिल्लाका आयोजना प्रभावित स्थानीयका लागि आइपीओ खुला गर्नेछ । स्थानीयलाई आइपीओ बिक्री गरिसकेपछि फेरि सर्वसाधारणका लागि खुला गरिनेछ ।
आईपीओ बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गर्नेछ । कम्पनीले बागलुङ जिल्लामा २.५ मेगावटको धर्मखोला जलविद्युत आयोजना निर्माण गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्