काठमाडौं । साताको कारोबारको पहिलो दिन अर्थात माघ महिनाको पहिलो कारोबारको दिन आइतबार नेप्से परिसूचकमा उत्साहजनक बढोत्तरी देखिएको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ६९.०० अंकले बढेर २९२६.७४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आइतबार कुल २२९ कम्पनीको १ करोड ८२ लाख ५४ हजार ४२५ कित्ता सेयर खरिद बिक्री हुँदा ९ अर्ब ६७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३६ करोड ४३ लाख १७ हजार ५३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी आइतबारको सेयर बजार स्टान्डर्ड चार्टड बैंकका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यो बैंकको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा मध्य भोटेकोशी जलविद्युत कम्पनीका, किसान लघुवित्त, हिमालयन डिस्टिलरी, सिन्धु विकास बैंक, सिभिल बैंक, अरुण भ्याली हाइड्रोपावर, मन्जुश्री फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको बजारमा सबैभन्दा बढी कारोबार अरुण भ्याली हाइड्रोपावरको भएको छ । यस कम्पनीको ३६ करोड ४३ लाख १७ हजार ५३१ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, शिवम् सिमेन्ट, निफ्रा, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, न्यादी ग्रुप पावर र नबिल बैंकको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्