×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोस्रो त्रैमासमा समिट लघुवित्तको खुद नाफामा १००.२८% को छलाङ, प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ८९ पैसाले बढ्यो !

PRIME CA

दोस्रो त्रैमासमा समिट लघुवित्तको खुद नाफामा १००.२८% को छलाङ, प्रतिसेयर आम्दानी पनि १२ रुपैयाँ ८९ पैसाले बढ्यो !

१४ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा समिट लघुवित्त वित्तीय संस्थाको खुद नाफा १००.२८% ले बढेको छ । कम्पनीले वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा १००.२८% ले बढेर ८ करोड ५० लाख ८१ हजार रुपैयाँ पुगेको जनाएको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनी ४ करोड २४ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
पुस मसान्तसम्ममा कम्पनीको खुद ब्याज आम्दानी ८१.५९% ले बढेर १७ करोड ९५ लाख २ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १०२.३०% ले बढेर १३ करोड ५० लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा यसले ६ करोड ६७ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
यस्तै कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८९ पैसाले बढेर ३४ रुपैयाँ ४४ पैसा पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ५५ पैसा थियो । प्रतिसेयर नेटवर्थ १३९ रुपैयाँ ०७ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: