×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको खुद नाफा ७४ करोड ५५ लाख ४४ हजार, वितरणयोग्य नाफा र प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सनराइज बैंकको खुद नाफा ७४ करोड ५५ लाख ४४ हजार, वितरणयोग्य नाफा र प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

Artha Sarokar

१० माघ २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा सनराइज बैंकको खुद नाफा २१.४७% ले घटेको छ । बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा २१.४७% ले घटेर ७४ करोड ५५ लाख ४४ हजार रुपैयाँमा सीमित भएको जनाएको हो । अघिल्लो वर्ष यसैअवधिमा बैंकले ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै बैंकको पुस मसान्तसम्म वितरणयोग्य नाफा १० करोड ११ लाख १८ हजार रुपैयाँ छ । बैंकको सञ्चालन नाफा २१.५९% ले घटेर १ अर्ब ६ करोड ३४ लाख ९७ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले १ अर्ब ३५ करोड ६३ लाख ३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो ।
यता खुद ब्याज आम्दानी ०.८०% ले बढेर १ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७४ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ २० रुपैयाँ ०१ पैसा छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी