काठमाडौं । चार्टर्ड एकाउन्टेन्ट सुरेन्द्रकुमार पौडेलको नेपाल आयल निगमको कार्यकारी निर्देशकको कार्यकाल सकिएको छ । आफ्नो ३ वर्षे कार्यकाल सफल बनाउँदै उनि बिदा भएका हुन् । उनलाई २०७५ साल पुस २३ गते मन्त्रिपरिषद् बैठकले निगमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो । उनी विवादरहित पहिचान बनाउँदै बिदा भएका हुन् ।
उनले निगमबाट बिदा भएको जानकारी सामाजिक संजाल दिंदै यस्तो लेखेका छन् – ‘नेपालमा अत्यावश्यक इन्धन आपूर्तिको एकमात्र निकाय नेपाल आयल निगमको कार्यकारी निर्देशकको रुपमा आफ्नो सक्रिय तीन वर्षे कार्यकाल केबल निगम र समस्त उपभोक्ताको सर्वतोमुखी हितलाई अर्जुन दृष्टि र अभिष्ट बनाउँदै आउने क्रमले आजबाट बिट मारेको छ । २०७५ साल पुस २३ गतेको मन्त्रिपरिषद् बैठकले मलाई निगमको कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । पदीय गरिमा जोगाउने क्रममा निगमको हितलाई सर्वोपरि ठानी मेरो ज्ञान र बुद्धिले भ्याएसम्म अहोरात्र खटिरहेँ । यस क्रममा नेपालको इन्धन आपूर्तिको सरल र बक्र दुवै गहिराइका तीता मीठा अनुभूतिसहित उपभोक्ता र निगमको श्रीवृद्धिका निम्ति आफूले कति सहजीकरण गर्न सकेँ या सकिन यसको समग्र मूल्याङ्कन इतिहासलाई छाडेको छु ।
समग्र इन्धन आपूर्तिको सम्वेदनशील निकाय निगमको नेतृत्वका लागि मलाई योग्यतम ठानेर विश्वास गर्नु हुने तत्कालीन प्रधानमन्त्रीज्यू र उहाँको नेतृत्वको मन्त्रिपरिषद्का साथै निरन्तर साथ, सहयोग र भरोसा गर्नुहुने वर्तमान प्रधानमन्त्रीज्यू र मन्त्रिपरिषदका साथै इन्धन आपूर्तिमा अहोरात्र खटिने मेरा सहकर्मी साथै मजदूर साथीहरु, निगमको विवशता र सम्वेदनशीलता बुझेर सात्विक सूचना सम्प्रेषण गरीदिनु हुने प्रबुद्ध पत्रकार साथीहरु, व्यवसाय र मुनाफा भन्दा माथि उठेर सेवाभावले लाग्नु हुने समस्त इन्धन र ग्याँसका आपूर्तिकर्ता साथीहरुप्रति हार्दिक आभार प्रकट गर्दछु ।
विश्वब्यापी बहावका स्वाभाविक असर स्वरुप प्रयुक्त मूल्यवृद्धिलाई सस्तो बजार, हल्ला र राजनैतिक बिषय बन्न नदिन मूल्यवृद्धिमा अल्झेको चुनौतीलाई कर सामान्यीकरण गर्दै वर्तमान सरकारलाई यथासीघ्र समाधानउन्मुख समाधान खोज्न सुझावसहित अत्यावश्यक समग्र इन्धन र ग्याँस आपूर्तिको नवीन चुनौतीलाई सफलतम मार्गका निम्ति पछिल्लो नेतृत्वलाई शुभकामना दिँदै बिदा चाहन्छु ।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्