काठमाडौं । राजस्व अनुसन्धान विभागले २ व्यावसायिक फर्मलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।विभागले राजस्व छलीको आशंकामा एचबी ट्रेड एण्ड सप्लायर्स र गणपति ट्रेड लिंक्सलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।
सप्लायर्सका सञ्चालक बिमल अग्रवाल र लिंक्सका दिपेन्द्र कुमार अग्रवाल रहेका छन्। यी दुई संस्थाविरुद्ध विभागले राजस्व छली गरेको आशंकामा अनुसान्धान अघि बढाइरहेको छ । विभागले हाल दुवै कम्पनीका संचालक सम्पर्कमा नआएको जनाएको छ । तोकिएको ७ दिनमा पनि विभागको सम्पर्कमा नआए कतै उजुर वाजुर नलाग्ने उल्लेख छ।
यी फर्मविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ बमोजिम मुद्दा अघि बढ्नेछ।