Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा ३०.५१ अंकको करेक्सन, ८ अर्ब ०३ करोडमाथिको सेयर कारोबार

अर्थ सरोकार

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेप्सेमा करेक्सन आएको छ । मंगलबारको तुलनामा नेप्से परिसूचक ३०.५१ अंकले घटेर २८०३.६२ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ०३ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको २८ करोड ६९ लाख ९९ हजार ३८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

यस्तै बुधबारको सेयर बजारमा हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको हो । हिमालयको सेयरमा यस्तो गिरावट आउँदा यूनियन हाइड्रोपावर, जोशि हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, छ्याङ्दी हाइड्रोपावर, प्रुडेन्सियल इन्स्योरेन्समा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच बुधबारको बजारमा सबैभन्दा बढी कारोबार नेपाल बङ्गलादेश बैंकको भएको छ । यस कम्पनीको २८ करोड ६९ लाख ९९ हजार ३८५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपि पावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, नेपाल लाइफ इन्स्योरेन्स, गोर्खाज फाइनान्स, ङादी ग्रुप पावर, हिमालयन डिस्टिलरी, निफ्रा, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् बुधबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी बुधबारको सेयर बजारमा कर्पोरेट डेभलपमेन्ट बैंक र निफ्राका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा नारायणी डेभलपमेन्ट बैंक, मध्य भोटेकोशी जलविद्युत कम्पनी, १०.५ ५ नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२, पञ्चकन्या माई हाइड्रोपावर, सामलिङ पावर कम्पनीका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् बुधबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK