काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार नेप्सेमा झिनो करेक्सन देखिएको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ५.९२ अंकले घटेर २८१४.७४ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २२९ कम्पनीको ९७ लाख ८४ हजार ६५१ कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ३९ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार एशियन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २६ करोड ९४ लाख ५१ हजार ४१७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यस्तै मंगलबारको सेयर बजारमा १०.३५% एग्रिकल्चर बैंक डिबेन्चर २०८३ का लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ८ प्रतिशतभन्दा बढीले घटेको हो । १०.३५५ एग्रिकल्चर बैंक डिबेन्चर २०८३ मा यस्तो गिरावट आउँदा गोर्खाज फाइनान्स, समिट लघुवित्त, समता घरेलु लघुवित्त, चन्द्रगिरी हिल्स्मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार एशियन लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको २६ करोड ९४ लाख ५१ हजार ४१७ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा अपि पावर कम्पनी, एनआइसी एशिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल हाइड्रोपावर कम्पनी, अपर तामाकोशी हाइड्रोपावर, हाईड्रोइलेक्ट्रीसिटी एण्ड इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरी, अरुण भ्याली हाइड्रोपावर, शिखर इन्स्योरेन्सको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

यसैगरी मंगलबारको सेयर बजारमा विन नेपाल लघुवित्तका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा बुद्धभुमी नेपाल हाइड्रोपावर, पोखरा फाइनान्स, कालिका लघुवित्त, सामलिङ पावर, ओरियन्टल होटल, आशा लघुवित्त, कर्णाली डेभलपमेन्ट बैंकका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्