काठमाडौं । साताको कारोबारको तेस्रो दिन मंगलबार पनि नेप्से परिसूचक बढेको छ । सोमबारको तुलनामा नेप्से परिसूचक ४९.१९ अंकले बढेर २८३४.१३ बिन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार मंगलबार कुल २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार २१५ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७२ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड ८३ लाख २२ हजार ६९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
यसैगरी मंगलबारको सेयर बजारमा नारायणी डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक र मध्य भोटेकोशी जलविद्युत कम्पनीका लगानीकर्ताले मनग्य पैसा छापेका छन् । यी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको हो । यस अलावा सिभिल लघुवित्त, न्यादी हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, सेन्ट्रल फाइनान्सका लगानीकर्ता पनि मालामाल भएका छन् । हेर्नुहोस् मंगलबार सबैभन्दा बढी नाफा गर्ने कम्पनीहरुको सूचीः

यस्तै मंगलबारको सेयर बजारमा माउन्टेन इनर्जी नेपालका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ३ प्रतिशतभन्दा बढीले घटेको हो । माउन्टेनको सेयरमा यस्तो गिरावट आउँदा नेपाल एसबिआई बैंक, शिभम सिमेन्ट, एनएमबि ५०, रुरु जलविद्युत कम्पनीमा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने टप १० कम्पनीहरुको सूचीः

यसैबीच मंगलबारको बजारमा सबैभन्दा बढी कारोबार अपि पावर कम्पनीको भएको छ । यस कम्पनीको १६ करोड ८३ लाख २२ हजार ६९५ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । यस अलावा गोर्खाज फाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम, नेपाल पुनर्बिमा कम्पनी, नबिल बैंक, नेशनल लाइफ इन्स्योरेन्स, हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, हिमालयन डिस्टिलरीको पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् मंगलबारको सेयर बजारमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्