×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युनियन हाइड्रोपावरको १५औं वार्षिक साधारणसभा पनि मंगलबार हुँदै, यी हुन् पेस गरिने प्रस्ताव

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

युनियन हाइड्रोपावरको १५औं वार्षिक साधारणसभा पनि मंगलबार हुँदै, यी हुन् पेस गरिने प्रस्ताव

२७ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । युनियन हाइड्रोपावरको १५औं वार्षिक साधारणसभा आज मंगलबार हुँदैछ । कम्पनीको सभा केन्द्रीय कार्यालय, धोभीघाट ललितपुरमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट हुँदैछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ ।
सभामा प्रबन्ध सञ्चालकको नियुक्त गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि पेश गरिनेछ । सभाका लागि कम्पनीले पुस २१ गते बुक क्लोज गर्ने भएको छ । पुस २० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: