×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्ल्डलिङ्कको आकर्षक इन्टरनेट अफर सार्वजनिक, नेटटिभी सहित १ महिनाको इन्टरनेट प्याकेज निःशुल्क पाईने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

वर्ल्डलिङ्कको आकर्षक इन्टरनेट अफर सार्वजनिक, नेटटिभी सहित १ महिनाको इन्टरनेट प्याकेज निःशुल्क पाईने

१३ माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले आकर्षक इन्टरनेट अफर सार्वजनिक गरेको छ । कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभी सहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज दिने गरी यो अफर ल्याएको हो ।

बुधबारदेखि सुरु भएको यो अफरमा वर्ल्डलिङ्कका जुनसुकै विद्यमान ग्राहकले कम्पनीको इन्टरनेट जडान गर्नका लागि आफ्ना साथीभाइ तथा आफन्तलाई रिफर गर्न सक्नेछन् । यसरी रिफर गरेपछि नयाँ ग्राहकले तीन महिना वा एक वर्षको इन्टरनेट प्याकेज लिनुपर्नेछ । त्यस लगत्तै दुवै ग्राहक (रिफर गर्ने र लिने) ले नेटटिभी सहित एक महिनाको इन्टरनेट निःशुल्क रुपमा पाउनेछन् ।

वर्ल्डलिङ्कले उपलब्ध गराइरहेका सबै इन्टरनेट प्याकेजमा यो अफर लागू हुने कम्पनीले जनाएको छ । कम्पनीले हाल १५० एमबीपीएस, २२५ एमबीपीएस, ३०० एमबीपीएस र ६०० एमबीपीएस गतिका इन्टरनेट प्याकेज उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार ग्राहकले जतिसुकै व्यक्तिलाई इन्टरनेट रिफर गर्न सक्नेछन् ।

यसरी तीन जनालाई इन्टरनेट रिफर गर्दा रिफर गर्ने व्यक्तिले तीन महिनाको इन्टरनेटसँगै फाइभजी सहितको डुअल ब्यान्डमा निःशुल्क रुपमा अपग्रेड हुन पाउनेछन् । त्यस्तै पाँच जनालाई रिफर गर्दा पाँच महिनाको इन्टरनेटसँगै कम्पनीको मेश वाई(फाई बिकन १।१ समेत निःशुल्क रुपमा उपलब्ध गराइने कम्पनीले जनाएको छ ।

कम्पनीले यस पटकको रिफर अफर पहिलेको भन्दा अझ आकर्षक रुपमा तयार पारेको छ । यस पटकको अफरमा थप झन्झटिला र दुबिधा हुने कुनै पनि अतिरिक्त शर्तहरू राखिएका छैनन् । वर्ल्डलिङ्कका ग्राहकले यो अफरमा सहभागी हुन कम्पनीको वेबसाइट अथवा माई वर्ल्डलिङ्क एपमा रहेको ‘रिफर’ अप्सनमा जानुपर्ने हुन्छ ।

त्यसबाहेक कम्पनीको ग्राहक सेवा केन्द्रमा फोन गरेर तथा नजिकैको वर्ल्डलिङ्कको कार्यालय एवम् प्रतिनिधि कहाँ सम्पर्क गरेर पनि इन्टरनेट प्याकेज रिफर गर्न सकिनेछ ।

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी