×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

३६.६९% ले बढ्यो आँधिखोला लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २६ पैसा हुदाँ अन्य सुचकको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आँधिखोला लघुवित्त वित्तीय संस्थाले २ करोड ४६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा ३६.६९% धेरै हो । गत वर्ष यस कम्पनीले १ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो ।

यसको खुद ब्याज आम्दानी पनि १५.१५% ले बढेको छ । गत वर्ष ३ करोड ४६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको कम्पनीले यो त्रैमासमा बढाएर ३ करोड ९९ लाख रुपैयाँ पुर्याएको छ । यस्तै, कम्पनीको सञ्चालन नाफा भने ५.५३% ले घटेर २ करोड १४ लाख रुपैयाँ कायम भएको छ । गत वर्ष यसले २ करोड २६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो । हाल यसको चुक्ता पुँजी १० करोड रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा ८ करोड ५३ लाख रहेको छ ।

कम्पनीको खराब कर्जा ४.३१% रहेको छ । गत वर्ष यसको खराब कर्जा ४.४०% रहेको थियो । यसको प्रतिसेयर आम्दानी ४९ रुपैयाँ २६ पैसा (बार्षिक) रहेको छ भने प्रतिसेयर नेटवर्थ १८५ रुपैयाँ ३५ पैसा छ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: