×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भन्सार छली ल्याएको सुन, मोबाइल र ल्यापटपसहित त्रिभुवन विमानस्थलबाट चार जना पक्राउ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

भन्सार छली ल्याएको सुन, मोबाइल र ल्यापटपसहित त्रिभुवन विमानस्थलबाट चार जना पक्राउ

२३ माघ २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छली ल्याएको सुन, मोबाइल तथा ल्यापटपसहित चारजनालाई पक्राउ गरेको छ । प्रहरीले मिक्लाजुङ गाउँपालिका-८ का ३० वर्षीय पदमबहादुर अधिकारी, सोही गाउँपालिकाका ३० वर्षीय मानसिंह विश्‍वकर्मा, झापा शिवसताक्षी नगरपालिका-९ का २२ वर्षीय समिर रसाइली र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१९ का ३२ वर्षीय गोकुल डल्लाकोटीलाई आइतबार बिहान पक्राउ गरेको हो ।
जजिरा एयरको फ्लाइटद्वारा दुबईबाट कुवेत हुँदै काठमाडौं आएका पदमबहादुर, मानसिंह र समिर गरी तीनैजनाको साथबाट साथबाट ५८/५८ ग्राम बराबरको सुनको सिक्री, तीन/तीन थान मोबाइल र एक/एक थान ल्यापटपसहित प्रहरीले पक्राउ गरेको हो । उनीहरूलाई बरामद सामानहरूसहित आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरणमा बुझाइएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: