काठमाडौं । अजोड इन्स्योरेन्सको वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ । सभा, त्रिपुरेश्वरस्थित वल्ड ट्रेड सेन्टर, डीइसीसी अमन हल तेस्रो तल्लामा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको हो ।
आज आइतबार कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् । लाभांश वितरण प्रस्ताव भने रहेको छैन । यस आधारमा सेयरधनीको हात खाली हुनेछ ।
सभामा आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सानलगायत अन्य प्रतिवेदन पारित गर्ने प्रस्ताव पेश गर्ने छ । यस्तै चालु आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेश हुने कम्पनीले जनाएको छ ।