काठमाडौँ । जनताको आँखामा छारो हाल्न खोज्ने अरुण भ्याली हाईड्रोपावर कम्पनीलाई धितोपत्र बोर्डले स्पष्टिकरण सोधेको छ । अरुण भ्यालीले कानून उल्लंघन गर्दै अरुण कावेली हाइड्रोपावर कम्पनीको सेयर बिक्री गर्न खोजेपछि बोर्डले स्पष्टिकरण सोधेको हो ।
अरुण भ्यालीलाई किन, के कारण, कुन ऐन तथा कानूनलाई आधार मानेर अरुण कावेली पावर कम्पनीको सेयर बिक्री गर्न भन्दै सूचना निकालेको हो भनेर स्पष्टिकरण सोधिएको छ । अरुण भ्याली हाइड्रोपावरले निकालेको उक्त सेयर बिक्री गर्ने सूचना धितोपत्र दर्ता तथा निष्काशन नियमावली व्यवस्था विपरीत रहेको छ ।
कानूनको कुनै हेक्का नराखि अरुण भ्याली हाइड्रोपावर कम्पनीले ०७८ माघ २३ गते एक राष्ट्रिय दैनिक पत्रिकामा अरुण कावेली हाइड्रोपावरमा आफ्नो नाममा रहेको २२ लाख ३२ हजार ५ सय ७० कित्ता सेयर बिक्री गर्नका लागि सूचना निकालेको हो ।
‘यस अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडसँग रहेको अरुण काबेली लिमिटेडको २२ लाख ३२ हजार ५७० कित्ता शेयर कम्पनी तथा कम्पनीका शेयरधनीहरुको हितलाई उच्चतम प्राथमिकतामा राखी कम्पनीको वृद्धिलाई ध्यानमा राखी आवश्यकता तथा औचित्यताको आधारमा दोस्रो बजारमा बिक्री गर्ने निर्णय भएको जानकारी गराउँदछौं । यो सूचना विद्युत् नियमन आयोगले जारी गरेको विद्युतसम्बन्धी कम्पनीको शेयरको सार्वजनिक निष्काशनको पूर्वस्वीकृति तथा नियमनसम्बन्धी निर्देशिका, २०७८ को दफा ११ अन्तर्गत सर्वसाधारणको जानकारीको लागि प्रकाशित गरिएको हो’ सूचनामा उल्लेख थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्