काठकाडौं । अर्थमन्त्री जनार्दन शर्माअर्थमन्त्रीले नेपाली उत्पादनलाई विश्व बजारमा व्यापक रूपमा लैजान एशियाली विकास बैंकसँग नेपालले थप साझेदारी गर्नुपर्ने बताए । शुक्रबार एडीबीका कार्यकारी निर्देशक डा.वान फारिसनसँग भुर्चुअल माध्यमबाट भएको छलफलमा उनले सो बताएका हुन् ।
नेपालमा उत्पादित सामान थोरै मात्रामा मात्र निर्यात भइरहेको जानकारी गराउँदै मन्त्री शर्माले यस क्षेत्रमा एशियाली विकास बैंकसँग सहकार्य गर्नुपर्ने आवश्यकता रहेको बताए । ‘नेपालको निकासी न्यून मात्रामा मात्रै भएको छ’ उनले भने ‘उत्पादन गर्ने वस्तु वा क्षेत्रको छनोट र उत्पादित वस्तुको निकासी गरी विश्व बजार श्रृङ्खलामा पुयाउन पनि एशियाली विकास बैंकसँग हाम्रो सहकार्य आवश्यक रहेको छ । उनले अर्थतन्त्रको नकारात्मक पक्षहरूलाई न्यूनीकरण गर्ने कुराहरूमा पनि थप जोड दिन आवश्यक रहेको औँल्याए ।
अर्थतन्त्र तथा व्यापारका सूचकाङ्कलाई सुधार गर्न जरुरी रहेको मन्त्री शर्माको भनाइ छ । त्यसका लागि लगानीमैत्री वातावारण निर्माण तथा निजी क्षेत्रलाई प्रोत्साहन एवम् उत्साहित बनाउनुपर्ने उनले बताए ।छलफलमा उनले एशियाली विकास बैंकसँग कोभिड महामारीलाई नियन्त्रण गर्न तथा नेपालको अर्थतन्त्रलाई सुधार गर्न पु¥याएको सहयोगप्रति बैंकलाई धन्यवाद समेत प्रदान गरे । उनले कोभिडपछि अर्थतन्त्रलाई उकास्न अझै धेरै काम गर्नुपर्ने बाँकी रहेको र त्यसमा थप सहकार्य नेपाललाई आवश्यक रहेको बताए ।