×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार हुँदैछ एसियन लाइफ इन्स्योरेन्सको साधारणसभा, २७% लाभांशसहित यस्ता छन् पेस हुने अन्य एजेन्डाहरु

PRIME CA
GLOBAL IME BANK

शुक्रबार हुँदैछ एसियन लाइफ इन्स्योरेन्सको साधारणसभा, २७% लाभांशसहित यस्ता छन् पेस हुने अन्य एजेन्डाहरु

२० माघ २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । २७% लाभांश पारित गर्न एसियन लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा भोलि शुक्रबार (माघ २१ गते) हुने भएको छ । कम्पनीले सभा एसियन लाइफ भवन, मैतीदेवी काठमाडौंमा बिहान ११ः३० बजे बोलाएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को सञ्चित नाफाबाट सेयरधनीलाई २५% बोनस सेयर र २% नगद गरी कुल २७% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्ने जनाएको छ ।
उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ । कम्पनीको ५१% स्वामित्व रहेको एसियन क्यापिटलमा सामूहिक लगानी कोष सञ्चालन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।
प्रस्तावित बोनस सेयरपछि पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा छ । सभाका लागि कम्पनीले माघ १२ गते बुक क्लोज गरिसकेको छ । माघ ११ गतेसम्म कायम रहने सेयरधनी सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: