काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले चालु आवको हालसम्म एक हजार ८०० बढी व्यावसायिक फर्मको अनुगमन गरेको छ । विभागले सात महिनाका अवधिमा काठमाडौँ उपत्यकालगायतका क्षेत्रका एक हजार ८१९ बढी फर्मको अनुगमन गरेको थियो । अनुगमनबाट अनुचित व्यापारिक कारोबारमा संलग्नलाई कारबाहीस्वरुप जरिवाना गर्दा रु ८९ लाख ८० हजार राजस्व सङ्कलन भएको जनाइएको छ । अनुगमन गरिएका फर्ममध्ये झन्डै आधा फर्मलाई कारबाहीस्वरुप जरिवाना गरिएको विभागका निर्देशन हरि पङ्गेनीले जानकारी दिनुभयो ।
उहाँले सामान्य गल्ती गर्ने फर्मलाई एक पटक सुधारको मौकासमेत दिइने गरिएको जानकारी दिनुभयो । सात महिनाका अवधिमा विभागले ८६३ फर्मलाई जरिवाना, ८२३ फर्मलाई सामान्य सुधार गर्न निर्देशन दिइएको थियो । यस्तै, १६ फर्मबाट परीक्षण गर्न बस्तुको नमूना सङ्कलन, साधनसहित तीन प्रक्राउ र १२ फर्मको कारोबार रोक्का गरी सिलबन्दी गरिएको थियो । यस्तैगरी उक्त अवधिमा विभागले खान अयोग्य वा म्याद सकिएकोले रु २८ लाख ५५ हजार ३१८ बराबरको बस्तु तत्कालै नष्ट गर्न लगाइएको थियो । विभागले सात महिनाको अवधिमा सबैभन्दा धेरै फार्मेसी पसलको अनुगमन भएको जनाएको छ । तथ्याङ्क अनुसार उक्त अवधिमा १०६ फार्मेसी पसलको अनुगमन गरिएकामा ३३ वटालाई कारबाहीस्वरुप जरिवाना गरिएको थियो ।
यस्तै, ५३१ खाद्यान्न तथा किराना, १५६ कस्मेटिक तथा कपडा पसल, ८ स्टेशनरी पसल, ४८ अण्डा तथा मासु पसल, २८ मार्ट, २७ मदिरा तथा पेय पदार्थ, ५५ फलफूल तथा तरकारी पसल, ४९ दुग्धजन्य पदार्थ तथा बेकरी र ७५४ अन्य उद्योगको अनुगमन गरिएको थियो ।
विभागले नियमित रुपमा खाद्य तथा किराना, डिपार्टमेन्टल स्टोर, खसीबोका बिक्री, तरकारी पलफूल, मासु, मदिरा, मार्ट, हार्डवेयर, मिठाइ तथा इलोक्ट्रोनिक्सलगायतका पसलको अनुगमन गर्दै आएको छ । अनुगमनका क्रममा उपभोक्तासँग बढी मूल्य लिने, कृत्रिम अभाव सिर्जना तथा कालोबजारी गर्ने, म्याद सकिएका खानेकुरा बेच्ने तथा खरिद बिक्री बिल नराख्ने फर्मलाई रु पाँच हजारदेखि तीन लाखसम्म जरिवाना गरिएको विभागले जनाएको छ ।उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम अनुचित व्यापारिक कारोबार गर्ने पसललाई जरिवाना गरिएको विभागले जनाएको छ । -रासस
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्