काठमाडौँ । माघ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ११ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार माघ १६ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ११ अर्ब रुपैयाँले बढेर ४८ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको हो । गत माघ १३ गतेसम्म कुल निक्षेप ४८ खर्ब ५८ अर्ब रुपैयाँ रहेको थियो ।
यस्तै ३ दिनमा वाणिज्य बैंकहरुको निक्षेप पनि ५ अर्ब रुपैयाँले बढेको छ । गत माघ १३ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब १ अर्ब रुपैयाँ रहेकोमा माघ १६ गतेसम्म बढेर ४३ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ।
सो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले मात्र बढेको छ । गत माघ ३ गतेसम्म कुल कर्जा लगानी ४६ खर्ब ६८ अर्ब रुपैयाँ रहेकोमा बढेर ४६ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ । वाणिज्य बैंकहरुको कर्जा लगानी पनि १ अर्ब रुपैयाँले बढेर माघ १६ गते कुल कर्जा लगानी ४१ खर्ब ४८ अर्ब रुपैयाँ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्