×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ वर्षअघिको नगद लाभांश लिन सेयरधनीलाई बोटलर्स नेपाल तराईको आग्रह

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

५ वर्षअघिको नगद लाभांश लिन सेयरधनीलाई बोटलर्स नेपाल तराईको आग्रह

१० फाल्गुन २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बोटलर्स नेपाल तराई लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको छ । कतिपय सेयरधनीले ५ वर्षअघिको नगद लाभांश लिन नआएपछि कम्पनीले सूचना जारी गर्दै लिन बोलाएको हो ।
सेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्मेन्ट बैंकिङ लिमिटेड नारायणचौर नक्सालमा सम्पर्क गरेर नगद लाभांश बुझ्न अनुरोध गरेको हो । तोकिएको समय भित्र नगद लाभांश लिन नगएमा उक्त रकम लगानीकर्ता संरक्षण कोषमा पठाइने बोटलर्सले उल्लेख छ ।
कम्पनीको २०७३ पुस ११ गते सम्पन्न भएको साधारण सभाले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: