×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

छिमेक लघुवित्त वित्तीय संस्थाको वित्तीय अवस्था कस्तो ?

GLOBAL IME BANK
SHREE KESH

छिमेक लघुवित्त वित्तीय संस्थाको वित्तीय अवस्था कस्तो ?

२१ माघ २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको खुद नाफा १९.०२% ले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै ४९ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको जनाएको हो । गत वर्ष यसले ६१ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
यता कम्पनीको खुद ब्याज आम्दानी भने १३.९१% ले बढेर १ अर्ब १२ करोड रुपैयाँ पुगेको छ । गत वर्ष यसले ९८ करोड ४१ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यसको सञ्चालन नाफा १९.०१% ले घटेर ७१ करोड १९ लाख रुपैयाँमा झरेको छ ।
कम्पनीले निक्षेप संकलन ९.२५% र कर्जा लगानी भने १५.३८% ले विस्तार गरेको छ । यसको प्रतिसेयर आम्दानी ४२ रुपैयाँ ८९ पैसा र प्रतिसेयर नेटवर्थ २०३ रुपैयाँ २६ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: