×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चुनावको मिति तय गर्नको लागि प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चुनावको मिति तय गर्नको लागि प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्दै

१८ माघ २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावको मिति तय गर्नको लागि निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गर्ने भएका छन् । आउँदो जेठमा स्थानीय तहको चुनाव गर्ने सत्ता गठबन्धनको निर्णयलाई कार्यान्वयन गर्न देउवाले आयोगका पदाधिकारीसँग मंगलबार दिउँसो ३ छलफल गर्न लागेका हुन् ।
जेठ ५ गते बहालवाल स्थानीय जनप्रतिनिधिको कार्यकाल सकिने भएकाले त्यसअघि नै चुनाव गर्ने गरी सरकारले चुनावका मिति घोषणा गर्न लागेको हो । सोमबार बागमती प्रदेशका कांग्रेस नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने बताएका थिए । यता स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बिहीबार बस्ने मन्त्रिपरिषद्को बैठकले चुनावको मिति घोषणा गर्न सक्ने बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: