काठमाडौं । सिभिल बैंक लिमिटेड र एफ वन सफ्ट इन्टरनेसनल बिच ओम्नी च्यानल प्लेटफर्म सुचारु गर्दै डिजीटल बैंकिङ सेवा तथा सुविधाहरुलाई अझ बढी प्रभाकारी बनाउनको लागि सम्झौता पत्रमा हस्तक्षर गरिएको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेल र एफ वन सफ्ट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरेका छन् ।
बैंकले मोवाइल बैकिङ्ग सुविधालाई अझ बढी सवल र सुदृढ बनाई ग्राहकहरुको सहज बित्तीय पहुँचलाई मध्यनजर गर्दै उक्त स्तरोन्नती गर्न लागेको हो । अब गरिने स्तरोन्नती पश्चात सिभिल बैंकका ग्राहकहरुले मोबाईल एप मार्फतनै बैंक खाता खोल्ने, पैसा पठाउने, खातामा पैसा जम्मा गर्ने, बैंक लोन लिने जस्ता सेवाहरुको उपयोग गरि सहज तथा सरल ढंगबाट आफुलाई आवश्यक बित्तीय सेवा उपभोग गर्न सक्नेछन् जुन आफैमा एक नौलो सुविधा प्रयोग गरिएको अनुभव प्रदान गर्ने खालको हुनेछ ।
बैंकले हालसम्म करिव सात लाख ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ९७ एटिएमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्