Skip to content
LAXMI SUNRISE BANK

सिभिल क्यापिटल मार्केटको पुनः सन्ध्याकालिन सेवा सुचारु गरिने

अर्थ सरोकार

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको सन्ध्याकालिन सेवा पुनः सुचारु हुने भएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीको कारणले स्थगित भएको उक्त सेवा पुनः सुचारु गर्ने निर्णय गरिएको हो । सिभिल क्यापिटलले सम्पुर्ण ग्राहकहरुको सेवा, सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी विगत २ वर्षदेखि नै सुन्धारा स्थिीत संस्थाको प्रधान कार्यालय सिटिसि मल छैठौं तल्लाबाट सन्ध्याकालिन सेवाको सुरुवात गरिसकेको थियो ।

२०७८ फाल्गुन १५ गते आइतरबाट सार्वजानिक विदाको दिन बाहेक आईतबार देखि विहिबारसम्म वेलुका ४ः०० बजेदेखि साँझ ५ः३० बजेसम्म र शुक्रबार साँझ ४ः०० बजेसम्म सम्पुर्ण सेवा प्रदान गरिने क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुङ्गेलले जनाकारी दिए ।विगत १३ बर्षदेखि ग्राहक सेवामा सेवारत यस संस्थाले प्राथमिक शेयर निश्कासन गर्ने, आइपिओ परामर्श सेवा, निक्षेप सदस्य, लगानी व्यवस्थापनको कार्य र शेयर प्रत्याभुति  संस्थागत परामर्श लगायतका पुजीबजार सम्बन्धि सम्पुर्ण सेवाहरु प्रदान गर्दे आईरहेको छ ।

निकट भविष्यमा सामुहिक लगानी कोष शुरुवात हुने समेत ढुङ्गेलले जनाकारी दिए    सिभिल क्यापिटलले प्रदान गरिरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापनको कार्यको सुझाव सिभिल बैंक लि. को सातै प्रदेशमा रहेको १२० वटा शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताए ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK