काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको १५०% हकप्रद सेयरमा आवेदन दिने म्याद थप गरिएको छ । बैंकको माघ २४ गते बसेको सञ्चालक समिति बैठकले हकप्रद भर्ने माघ २७ गते अन्तिम म्याद रहेकोमा लम्ब्याएर फागुन १३ गतेसम्म पुर्याएको हो ।
बैंकको माघ ७ गतेदेखि १५०% हकप्रद सेयर बिक्री खुला गरेको हो । बैंकले प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.५ अनुपातमा ३० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । पुस २५ गतेसम्म कायम रहने सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्ने बैंकले जनाएको छ ।
सो हकप्रदमा सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंका साथै कर्पोरेटको रजिष्टर्ड कार्यालय तथा वीरगञ्ज, पर्सामा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ । साथै सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सकिनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्